स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत

Nagarik Sewa 4343+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् । मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै पार्टी सभापति रवि लामिछानेले सचेत गराउन सिफारिस गरेपछि प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन् ।

प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालका अनुसार मन्त्री मेहतालाई सचेत गराइएको हो । दाहालले भनिन्, 'गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाईसमेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गर्नु भएको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाईसमेत सचेत गराइसक्नुभएको छ ।'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यको नियमित काममा लगाएपछि प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । बिमा बोर्ड स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय हो । आफू मातहतको निकायमा जिम्मेवार भएर काम नगरेको भन्दै मन्त्री मेहतालाई सचेत गराइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार