डिपोजिट खाता अनलाइनबाटै खोल्न कामना सेवाले ल्यायाे केएस मोबाइल आइ सेवा

Nagarik Sewa 2094+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं । कामना सेवा विकास बैंकले फिक्स डिपोजिट खाता खोल्न अब शाखामा नै जानुपर्ने बाध्यता हटाउँदै नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नै मोबाइल बैंकिङ एप केएस मोबाइल आइ सेवा मार्फत ग्राहकले सहज रूपमा अनलाइनबाटै फिक्स डिपोजिट खाता खोल्न सक्ने व्यवस्था गरेको हो।

यस सुविधाबाट ग्राहकले कुनै पनि समय र स्थानबाट फिक्स डिपोजिट खाता खोल्न सक्ने भएकाले समयको बचत हुनुका साथै बैंकिङ सेवामा सहज पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ।

बैंकका अनुसार, यो सुविधा विशेषगरी डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो। केएस मोबाइल आइ सेवा प्रयोग गर्ने ग्राहकले एपमा रहेको 'फिक्स डिपोजिट' विकल्पमा गई आवश्यक विवरण भरेर सहज रूपमा खाता खोल्न सक्नेछन्।

कामना सेवा विकास बैंकले डिजिटल बैंकिङमा लगानी गर्दै अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज र द्रुत सेवा दिने लक्ष्यसहित विभिन्न नविनतम प्रविधि प्रयोग गर्दै आइरहेको जनाएको छ।

बैंकले आगामी दिनहरूमा पनि यस्तै नवप्रवर्तनात्मक सेवाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार