मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

आजदेखि देशभरका भन्सार कार्यलय बन्द

Nagarik Sewa 4674+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। देशभरका भन्सार कार्यालय आजदेखि बन्द भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास बन्द भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।

केही समय अघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । 

महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ । 

यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरेको थियो । तर आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय काम रोक्नु परेको घिमिरे बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार