पूर्वराष्ट्रपति भण्डारीद्वारा सम्पर्क कार्यालय खोल्न घर भाडामा

Nagarik Sewa 4536+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले  नयाँ बानेश्वर नजिक थापागाउँमा घर भाडामा लिनुभएको छ । २०४८ सालमा मदन भण्डारीले काठमाडौंबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उहाँ निकट एक नेताले बताउनुभयो। उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ । 

विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गर्नुभयो। एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गर्नुभएको थियो। सो घोषणापछि एमालेले उहाँको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार