काठमाडौं। सुनको मूल्य बुधबारको तुलनामा बिहीबार तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको मूल्य ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।