काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच बिहीबार बिहान भेटवार्ता भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।