काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन तोलामा दुई लाख दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर तोलामा ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।