बालकोटका एमाले नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

Nagarik Sewa 4424+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। बुधबार भक्तपुरको बालकोट २ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी बनेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

दाहाल नेतृत्वको पार्टी प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल-कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डीके रोशन तथा एमाले सूर्यविनायकका नेता(कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, ध्रुव केसी, रुकुश वेकाजु, सुदीप प्रजा, कृष्णशरण लामिछानेलगायत छन्।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। त्यस अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबद्ध हुन सबैलाई आह्वान गर्नुभएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार