तोलामा ५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4849+ समाचार ( )
८ असार २०८२, आइतबार

काठमाडौं। सुनको मूल्यमा आइतबार प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ पुगेको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।

बजारमा सुन र चाँदीको मागमा भएको वृद्धिका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार