करेन्ट लागेर जंगली हात्तीको मृत्यु

Nagarik Sewa 4175+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

झापा । झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठ १९) हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो । त्यसक्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट घटनास्थलमा प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार