निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ?

Nagarik Sewa 4743+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ? भनि प्रश्न सोधेका छन् ।  बिहीबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले संस्थाको विश्वासनीयता कायम राख्नुपर्नेमा जोड दिए । “अदालत पनि पार्टीको अख्तियार पनि पार्टीको भन्दिएर हुँदैन । संस्थाको साख जोगाउनुपर्छ,” उनले भने, “व्यक्तिको विषयमा डिवेट गर्न सकिन्छ ।” 

उनले नीतिगत निर्णयहरूको व्याख्या कानुन बनाएर गर्नुपर्ने बताए । “निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ, अर्थतन्त्र लडखडाएको छ,” उनले भने, “इतिहास रच्नुस् तपाईंहरूलाई कुनै राजनीतिक हस्तक्षेप हुँदैन ।” 

उनले मुद्दा दायर गरेपछि पद जाने अवस्थाले भएको क्षतिको पूर्ति कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले थपे, “न्याय दिएका भन्दा अन्यायमा परेका धेरै रैछन नि त ! उनीहरूको सामाजिक प्रतिष्ठा र करियरको क्षतिपूर्ति कसरी हुन्छ ?” 

केही समय अख्तियार बसेपछि आर्थिक अपचलनमा जीवन बिताउने र प्रमाण लुकाउनेको उपचार कसरी खोज्ने भन्दै प्रश्न गरे । उनले दुईतिहाइ संविधान संशोधनका लागि पर्यात संख्या नभएको उल्लेख गरे । “प्रतिनिधिसभाको दुईतिहाइ संविधान संशोधनका लागि पर्याप्त नम्बर होइन । अहिले भएको संविधानको व्यवस्था मान्ने र अधिकतम सुधार गर्ने हो,” उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार