कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्नुपर्छः रामहरि खतिवडा

Nagarik Sewa 4507+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

सांसद खतिवडाले श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले कानुनबिना महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिएको दाबी गर्दै कानुन नबनाई महिलाहरूलाई बाहिर नपठाउन सरकारसँग आग्रह गर्नुभएको हो। उहाँले कानुन विपरीत महिलाहरूलाई बाहिर पठाउन तालिम समेत दिइरहेको बताउँदै रोक्न समेत माग गर्नुभयो । 

‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिइएको जानकारीमा आएको छ। तालिम दिइरहेको जानकारीमा आएकाले कानुन नबनाई यस्ता काम नगरियोस् भन्ने ध्यानाकर्षण सभामुखमार्फत सरकारलाई गराउन चाहन्छु,’ उहाँले भन्नुभयो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार