मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

प्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग हिजो भएको भेटवार्ताबारे केन्द्रीय कमिटीमा ब्रिफिङ

Nagarik Sewa 4670+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो भएको भेटवार्ताबारे केन्द्रीय कमिटी बैठकमा  ‘ब्रिफिङ’ गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओलीले भण्डारीलाई राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेको मानिस राजनीतिमा आउँदा पर्ने प्रभावका बारेमा स्मरण गराउनु भयो । ‘देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजान सक्छ। सम्मानित भएर बस्दा नै राम्रो हुन्छ’, बैठकमा ओलीले विद्यासँग भएको छलफलबारे भन्नुभएको छ। 

त्यस्तै अध्यक्ष ओलीले आफ्नो सुझावमा भण्डारीले  ‘विचार गर्छु’ भनेर जवाफ दिएको पनि बताउनुभएको छ। ‘उहाँले विचार गर्छु भन्नुभएको छ । अब हामी जवाफ कुरेर बसेका छौँ,’ ओलीको भनाई थियो । 

‘१० वर्ष भइसक्यो पार्टी अफिस हेरेको छैन भनेर पार्टी कार्यालयमा भेट गर्ने कुरा भयो । भेटका क्रममा सबै कुरा खुला रूपमा भएका छन्’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, नेकपा एमाले विभाजित गर्ने तत्त्व कसरी सल्बलाएका छन् भन्नेदेखि सरकारले गरेका कामका बारेमा कुराकानी भएको छ ।’ 

उहाँले विधान महाधिवेशनमा राजनीतिक, सांगठानिक र वैचारिक विषयमा छलफल गर्ने गरी तयार गर्न समेत अध्यक्षले निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार