मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

आज विश्व क्षयरोग दिवस

Nagarik Sewa 4670+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि आज क्षयरोग नियन्त्रणका लागि विविध चेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाइदैछ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ६८ हजार पाँच सयको संख्यामा क्षयरोगी थपिन्छन् । त्यसमध्ये झण्डै ३० हजार उपचारमा आउँदैनन् । यति ठुलो संख्यामा क्षयरोगी उपचारमा नआउनुलाई विशेषज्ञहरूले डरलाग्दो अवस्था भनेका छन् ।

तथ्यांकअनुसार सबैभन्दा धेरै क्षयरोगी काठमाडौंमै छन् । हाल नेपालभर क्षयरोग उपचार गर्ने स्वास्थ्य संस्थाहरूको संख्या ६ हजार २४१ रहेको छ । त्यसमध्ये आठ सयवटा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार तथा औषधि वितरण हुन्छन् । हाल यो रोगको उपचारका लागि सरकारले १४९ वटा स्थानीय तहबाट पनि औषधि वितरण र उपचार सेवा दिइरहेको छ ।

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोगमुक्त गराउने नेपालको अभियान छ । तर पछिल्ला १० वर्षयता क्षयरोग न्यूनीकरणमा नेपालले गरेको काम सन्तोषजनक छैन । सन् २०१५ देखि २०२५ सम्मको तथ्यांकअनुसार केन्द्रले क्षयरोगका बिरामी घटाउन गरेको प्रयास निकै कमजोर देखिएको छ । १० वर्षमा नेपालले १५ प्रतिशत मात्रै क्षयरोग नियन्त्रण गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै