मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

सौन्दर्य प्रतियोगिता मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला

Nagarik Sewa 4669+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

काठमाडौं । आगामी साउन १८ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ग्राण्ड फिनाले आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्राण्ड नेपाल २०२५’ को  आवेदन खुला भएको छ। नेपालकै प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस विभाका लागि इच्छुक प्रतियोगीहरूले यही जेठ ३२ गते (मे १५) भित्र आवेदन दिइसक्नुपर्ने छ । 

विजेताले विश्वकै शीर्ष सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने छ। साथै, विजेताले २५ लाख रुपैयाँ मूल्य बराबरको हिराको ताज धारण गर्ने अवसर प्राप्त गर्ने छन्, जुन ओम ज्वेलर्सद्वारा विशेष डिजाइन गरिएको हो। 

सन् २०२० देखि सौन्दर्य प्रतियोगिता ‘मिस विभा’ आयोजना गर्दै आएको उमङ्ग क्रिएशनले प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको धारणा परिवर्तन गर्न सफल भएको जनाएको छ। संस्थाका प्रमुख उद्धव अधिकारीका अनुसार, प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण अवसरहरू प्राप्त गर्ने छन्। उनले भने, ‘हामी विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउनु अघि विशेष प्रशिक्षण दिने गर्छौं । नेपालले आज जुन गरिमामय उपस्थिति देखाइरहेको छ, त्यो उमङ्ग क्रिएशन सुरु नभएसम्म सम्भव देखिएको थिएन।’

आवेदनका लागि आवश्यक योग्यतामा कम्तीमा ५ फिट २ इन्च ९१५७ सेमी० वा सोभन्दा माथि हाइट भएका १७ देखि २८ वर्षका अविवाहित युवतीहरु हुनुपर्नेछ । मिस ग्राण्ड इन्टरनेशनल’ले “स्टप द वार एन्ड भायोलेन्स” भन्ने सन्देश बोकेको मिस विभामा व्यक्तित्व विकास, नेतृत्व क्षमता र सञ्चार सीपमा विशेष प्रशिक्षण, फेसन तथा मिडिया क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष सहकार्य, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सफल र सशक्त प्रतिनिधित्व, नेपाली पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइने जनाइएको छ ।

यस प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतियोगीहरू सहभागी हुन्छन्। भव्य आयोजना, मिडिया प्रभाव र सामाजिक सन्देशका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा चिनिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार