मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला पत्रकार र नेपाल रग्बीसंघको मैत्रीपूर्ण खेल सम्पन्न

Nagarik Sewa 1242+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल भएको छ । नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको गरिएको हो ।

महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले रग्बी खेलसहित कार्यक्रम आयोजना गरेको विभागकी प्रमुख एलिसा थापाले बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोविन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख विनोद तामाङ, हिमालयन ट्राइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लबका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारी र खेलकुद पत्रकार मञ्चका प्रमुख निरञ्जन राजवंशीको आतिथ्यता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हरेक वर्ष नेपाल रग्बी संघ तथा नेपाल खेलकुद पत्रकार मञ्चले महिलाको सशक्तिकरण र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार