ग्लोबल बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ल्याायो ग्लोबल स्काई क्लब कार्ड स्कीम

Nagarik Sewa 4431+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौं। ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्य गरेर ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ ल्याएको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् । 

ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्कीम ल्याउँदै ग्राहकलाई सरप्राइज प्याकेज दिने बैंकका रुपमा परिचित छ । पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’मार्फत पहिलो पटक यती एअरलाइन्सको टिकट खरीद गर्दा ‘निस्शूल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन्, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् । 

यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ । ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एअरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । 

कसरी फाइदा लिने कार्डबाट 

बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस ९प्वाइन्ट अफ सेल० वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ । 

विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा

ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एअरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत  अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार