तोलामा ११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 3504+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन  मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सातादेखि सुन चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ। 

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार  ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै