काठमाडौं। संघीय संसद् भवन नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार लडेर घाइते भएका छन् । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ।
ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् । उनको कुहिना र गोडामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेका हुन् ।