मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

बाला चतुर्दशीमा लाग्ने मेलाको सबै तयारी पुरा

Nagarik Sewa 4697+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको सबै तयारी पुरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्न सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दिवंगत पितृका नाममा राति बत्ती बालेर चतुर्दशीका दिन बिहान सत्बीज छर्ने प्रचलन छ । सत्बीज छर्ने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने जनाइएको छ ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले २१ सय रुपैयाँका दरले शुल्क लिने बताइएको छ ।

बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायतका पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार