मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रास्वपाका मकवानपुर सभापति कांग्रेस प्रवेश

Nagarik Sewa 4382+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई  कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो  निर्वाचन क्षेत्र सर्लाही–४ बाट सोमबार बिहान टीकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निरज बर्तौला पनि कांग्रेस प्रवेश गरेका छन् । पराजुली  आइतबार राति नै सर्लाही पुगेका थिए ।

कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्वको शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । मनहरी गाउँपालिका घर भएका पराजुली ६ मंसिर २०८१ मा भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए । पुरानो दल कांग्रेस छोडेर उनी रास्वपामा नेतृत्व लिन पुगेका थिए ।

रास्वपाबाट  पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो भएका थिए । पराजुली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार हुन चाहन्थे  ।पार्टीले टिकट नदिएपछि असन्तुष्ट थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार