घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या

Nagarik Sewa 4154+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। पाल्पामा घरबेटीले डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको  हत्या गरेको खुलेको छ । १४ सय रुपैयाँ  घर भाडा नदिएको निहुँमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले बुढाथोकीको  हत्या गरेको खुलेको हो । 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला  प्रहरी कार्यालय पाल्पाका डिएसपी  सुनिल मल्लले जानकारी दिए ।   बुढाथोकी  ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्ने गरेका थिए ।   

मासिक  ५ सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय  रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या  गरेको खुलेको डिएसपी मल्लले बताए। बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।

 सोही आधार हिजो घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको गरेको पुष्टि भएको प्रहरीले  जनाएको छ । उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको  प्रहरीले जनाएको छ । विष्टलाई जिल्ला अदालतबाट बाट म्याद थप गरी  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार