होर्मुजमा विस्फोट: रोकियो उद्धार कार्य

Nagarik Sewa 4562+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

काठमाडौं । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ । आक्रमण भएपछि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय म्यारिटाइम संगठन (आईएमओ)ले त्यहाँ फसेका जहाजका ११ हजारभन्दा बढी चालकदलका सदस्यहरूको उद्धार कार्यलाई तत्कालका लागि रोकेको छ ।

ब्रिटिस सेनाले ओमाननजिकै एउटा जहाजमा मिसाइल वा अन्य प्रोजेक्टाइलबाट आक्रमण भएको जानकारी दिएको छ । यो घटनापछि होर्मुज स्ट्रेटको सुरक्षा अवस्था थप जटिल बनेको भन्दै आईएमओले आफ्नो उद्धार अभियान तत्कालका लागि स्थगित गरेको हो ।  यो आक्रमण इरानले आफ्नो अनुमतिबिना कुनै पनि नयाँ समुद्री मार्ग प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएको केही घण्टापछि भएको हो ।

आईएमओका महासचिव आर्सेनियो डोमिन्गुएजले जहाजहरूको सुरक्षा सुनिश्चित नभएसम्म उद्धार अभियान स्थगित रहने बताएका छन् । उनका अनुसार सुरक्षा ग्यारेन्टी उद्धार सूचीमा रहेका जहाजहरूका लागि मात्र नभई उक्त क्षेत्रमा सञ्चालनमा रहेका सबै जहाजहरूका लागि आवश्यक छ । उनले आक्रमणमा परेको जहाज आईएमओको उद्धार अभियानअन्तर्गत सञ्चालनमा नरहेको पनि स्पष्ट पारे ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि पक्षले लिएको छैन । ‘यूके म्यारिटाइम ट्रेड अपरेसन्स सेन्टर’का अनुसार आक्रमणबाट जहाजमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएको छैन । आक्रमणको खबर सार्वजनिक भएपछि इरानको समुद्री ढुवानी नियमन निकाय ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत चेतावनी जारी गरेको छ । निकायले तोकिएको समुद्री मार्गभन्दा बाहिर गएर यात्रा गर्ने कुनै पनि जहाजको सुरक्षाको ग्यारेन्टी नदिइने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै