मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नेप्सेमा वृद्धि

Nagarik Sewa 4881+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से सूचक ११.७७ अंक अर्थात् ०.४४ प्रतिशतले बढेर २६२९.८१ विन्दुमा बन्द भएको हो । 

बुधबार नेप्से सूचक ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८.०३ विन्दुमा बन्द भएको थियो । यस दिन कुल ३५६ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भयो । पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको सेयर कारोबार भएको छ । 

१७६ कम्पनीको सेयर मूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घट्दा सात कम्पनीको स्थिर रह्यो । सबैभन्दा बढी कमाउनेमा नेपाल ल्युव आईल, सोनापुर मिनरल एन्ड ओइल लि., कुमारी सबल योजना, घोराही सिमेन्ट इन्डष्ट्रिज र सीवाईसी नेपाल लघुवित्त छन् । यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा मिड सोलु हाइड्रोपावर, धौलागिरी लघुवित्त र सिटिजन्स सुपर ३० म्युचुअल फन्ड रहेका छन् । 

आज उपसमूहमध्ये निर्जीवन बिमा कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक सबै उपसमूहको सेयर मूल्य बढेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार