मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

विवादित श्रममन्त्री शरदसिंह: जसले दिए सरकारी गाडी गायब भन्दै उपहार

Nagarik Sewa 4834+ समाचार ( )
२१ असार २०८२, शनिबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मन्त्रालयको सरकारी गाडी पार्टी अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर (झा) लाई ‘उपहार’का रूपमा प्रदान गरेका खुलासा भएको छ।

मन्त्रालय स्रोतका अनुसार, भण्डारीले मन्त्री पदमा पुनर्नियुक्तिमा ठाकुरको ‘भूमिका’को बदलामा यस्तो सुविधा उपलब्ध गराएका हुन्। महिन्द्रा स्कोर्पियो (नम्बर: प्रदेश ३–०१–००२ झ ५३६७) कुनै औपचारिक प्रक्रिया विना व्यक्तिगत प्रयोजनका लागि मिनाक्षीलाई हस्तान्तरण गरिएको हो।

यस घटनाले मन्त्री भण्डारी र श्रम सचिव कृष्णहरि पुष्करबीच गम्भीर मतभेद उत्पन्न गराएको बताइएको छ। स्रोतहरूका अनुसार, ठाकुरले सर्वोन्द्रनाथ शुक्लालाई पाखा लगाउँदै भण्डारीलाई पुनः मन्त्री बनाउनेमा भूमिका खेलेका थिए। त्यसको ‘इनाम’स्वरूप उनकी छोरी मिनाक्षीलाई वैदेशिक रोजगार बोर्डको सदस्य बनाइएको र मन्त्रालयको गाडी पनि दिइएको आरोप लागिएको हो।

यो पहिलो पटक भने होइन। मन्त्री भण्डारीले यसअघि पनि अध्यक्ष ठाकुरका अन्य नातेदार—भान्जा, पिएको छोरा, सवारी चालक र नजिकका कानुन व्यवसायीहरूलाई मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डमा विभिन्न जिम्मेवारी दिएका थिए। 

मन्त्रालयले गाडी हराएको भन्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो। श्रम सचिव पुष्करको निर्देशनमा हराएको निवेदन समेत दर्ता गरिएको थियो। तर केही दिनमै गाडी मन्त्रालयमै ‘फर्किएको’ देखाइयो र ट्राफिक प्रहरीलाई ‘फेला परेको’ जानकारी गराइयो। तर गाडी कसले लिएर गएको हो, कसरी फर्किएको हो भन्ने विषयमा प्रवक्ताले कुनै स्पष्टता दिन सकेनन्।

सरकारी स्रोत र साधनको यस प्रकारको व्यक्तिगत प्रयोग र राजनीतिक ‘इनाम’को रूपमा वितरण भएको खुलासाले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको कानुनी र नैतिक जिम्मेवारीप्रति गम्भीर प्रश्नहरू खडा गरेको छ। यसले न केवल शासनप्रणालीप्रति नागरिकको विश्वास डगमगाउने खतरा बढाउँछ, बरु शक्ति र संरचनाको दुरुपयोगलाई संस्थागत गर्ने प्रवृत्तिको संकेतसमेत दिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै