विश्वकपबाट बाहिरियो क्युरासाओ

Nagarik Sewa 4562+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

काठमाडौं । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७- १ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ । जर्मनीका लेरी सेनले खेलको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि इक्वेडरका निल्सन आर्ग्युलोले खेलको नौ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए ।

यस्तै, दोस्रो हाफको ७७ औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै अग्रता बढाए । अन्तिम समयसम्म इक्वेडरले उक्त गोलको रक्षा गर्दा जर्मनी २-१ ले पराजित हुन पुगेको हो । इक्वेडरले तालिकामा चार अंक जोड्दै नकआउट सुरक्षित गर्‍यो । तालिकामा इक्वेडर तेस्रो स्थानमा छ ।

यता क्युरासाओलाई हराउँदै आइभरीकोस्ट पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । आइभरीकोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे । क्युरासाओसँग आइभरीकोस्ट २-० ले विजयी भएको हो । यसअघि आइभरीकोस्टले इक्वेडरलाई पराजित गरेको थियो । आइभरीकोस्टले पनि ६ अंक जोडेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार