सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4562+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको छ ।  एक तोला सुन खरिदको लागि दुई लाख ७९ हजार १०० रुपैयाँ खर्चिनुपर्ने महासंघले जनाएको छ । बिहीबार तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँमा झरेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै