म एमालेको संगठित सदस्य र कार्यकर्ता नै होः पूर्वराष्ट्रपति भण्डारी

Nagarik Sewa 4210+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताउनुभएको छ। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताउनुभयो। 

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उहाँले पार्टीको हितका लागि काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।'

पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राख्नुभयो। पार्टीभित्र उनको भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो।

आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार