प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभाको सरकारलाई ध्यानाकर्षण

Nagarik Sewa 4281+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं। भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ । 

यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै तर्फबाट सरकारको ध्यानाकर्षण गराउनुभएको हो। सुरक्षित र निर्भिकताका साथ पढ्ने वातावरण बनाउन समेत संसद्ले सरकारको ध्यानाकर्षण गरेको छ ।

छात्रावासको कोठामा झुण्डिएको अवस्थामा प्रिसा साहको शव भएको घटनाप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको सभाध्यक्ष दाहालले बताउनुभयो। ‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटा घटिरहनु अत्यन्तै दुखःद पक्ष हो’, सभाध्यक्ष दाहालले भन्नुभयो। यस्तो घटना दोहोरिन नदिन नेपाल र भारत दुवै सरकारले पहल लिनुपर्ने उहाँको आग्रह छ । यो घटनामा निश्पक्ष छानबिनका लागि उहाँले आग्रह गर्नुभयो ।

‘घटनाको कारण गहिराइमा पुगेर खोज्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन र यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, अध्यक्ष दाहालले भन्नुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै