काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो।
आज सुन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ४५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार २९० रुपैयाँ रहेको थियो ।