एमालेले प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओली प्रकाउको विषय राख्ने

Nagarik Sewa 4281+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय चैत १९ गते बस्ने प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। 

यस्तै एमालेले पक्राउको विषयमा सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। एमालेले ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको गिरफ्तारीलाई ुअसंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्णु जिकर गरेको छ। सरकारले पूर्वाग्रही ढंगले राजनीतिक प्रतिशोध साँधेको भन्दै एमालेले यसको कानुनी र राजनीतिक रूपमा डटेर सामना गर्ने जनाएको छ।

यसैगरी शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। विशेषगरी सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टीको जिल्ला कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको बैठकले निन्दा गरेको हो। साथै, घाइते सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

सचिवालय बैठकले सरकार गठन लगत्तै सुरु भएका धरपकड र दमनले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले भने, ुसरकार जनादेश विपरीत मुठभेडतर्फ अगाडि बढ्न खोजिरहेको छ। यो बाटो लोकतान्त्रिक प्रणालीका लागि निकै प्रत्युत्पादक हुनेछ।ु एमालेले सरकारी दमनविरुद्ध एकताबद्ध हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई अपिल समेत गरेको छ।

बैठकले आगामी वैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियासहित भव्य रूपमा मनाउने निर्णय गरेको छ। त्यसैगरी, भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्न तथा सिंगो पार्टी पंक्तिलाई सुव्यवस्थित गरी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न निकट भविष्यमै केन्द्रीय कमिटीको बैठक बोलाइने जानकारी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार