फ्रान्सद्वारा रुसको तेल ट्यांकर जफत

Nagarik Sewa 4562+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

काठमाडौं । रुसमाथि आर्थिक दबाब बढाउने रणनीतिअन्तर्गत युरोपेली देशहरूले रुसको ‘स्याडो फ्लिट’ (अर्को देशको झण्डा राखेर चलाएको जहाज) विरुद्ध कारबाहीलाई तीव्र बनाएका छन् । यसैक्रममा फ्रान्सेली नौसेनाले बिहीबार रुससँग जोडिएको अर्को एउटा तेल ट्यांकर जफत गरेको छ । यस वर्ष युरोपका देशहरूले हालसम्म रुसका नौवटा ट्यांकर जफत गरिसकेका छन् । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सामाजिक सञ्जालमार्फत यस कारबाहीबारे जानकारी दिँदै भने, “हामी ‘स्याडो फ्लिट’लाई प्रतिबन्धहरू छल्दै रुसको युद्धका लागि कोष जुटाउन दिने छैनौँ । यसका लागि युरोप पूर्ण रूपमा प्रतिबद्ध छ ।” ‘डेलिभर’ नामक उक्त ट्यांकर रुसको प्रमुख तेल निर्यात बन्दरगाह प्रिमोस्र्कबाट प्रस्थान गरेको थियो । यो स्वेज नहर हुँदै सिंगापुरतर्फ गइरहेको बेला फ्रान्सेली नौसेनाले सिसिली नजिकै रोकेर आफ्नो नियन्त्रणमा लिएको हो ।

सैन्य अधिकारीहरूका अनुसार जहाज क्यामरुनको झण्डा प्रयोग गरेर सञ्चालन भइरहेको थियो । तर, केही साताअघि नै यसको दर्ता खारेज भइसकेको थियो । त्यसैकारण उक्त जहाज राष्ट्रिय पहिचानबिना समुद्रमा सञ्चालन भइरहेको थियो, जुन अन्तर्राष्ट्रिय समुद्री कानुनको उल्लंघन हो । यही आधारमा फ्रान्सले जहाज जफत गरेको जनाएको छ ।

रुसले भन्यो– ‘समुद्री डकैती’

फ्रान्सको यस कदमप्रति रुसले कडा आपत्ति जनाएको छ । फ्रान्सस्थित रुसी दूतावासले यसलाई ‘समुद्री डकैती’को संज्ञा दिँदै अन्तर्राष्ट्रिय कानुनविपरीत र पूर्ण रूपमा अस्वीकार्य भएको जनाएको छ ।

रुसले दिएको प्रारम्भिक जानकारीमा जहाजका चालक दलमा कुनै पनि रुसी नागरिक नरहेको पनि स्पष्ट पारेको छ । युक्रेन युद्ध सुरु भएपछि पश्चिमी देशहरूले रुसको तेल व्यापारमाथि कडा प्रतिबन्ध लगाएका छन् । ती प्रतिबन्धहरू छल्न रुसले पुराना तथा विभिन्न देशमा दर्ता गरिएका ट्यांकरमार्फत तेल ढुवानी गर्दै आएको छ । यस्ता जहाजहरूको गोप्य सञ्जाललाई ‘स्याडो फ्लिट’ भनिन्छ ।

रुसले अहिले पनि छुट मूल्य मा धेरै देशलाई लाखौँ ब्यारेल तेल निर्यात गरिरहेको छ, जसको ठूलो हिस्सा यिनै जहाजमार्फत ढुवानी हुने गरेको छ । राे

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै