मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

भारतको चर्चित अनलाइन मिडिया ‘द वायर’ माथि सरकारको बन्देज

Nagarik Sewa 2095+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं । भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो । अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित भनेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले यो अवरोधका बारेमा अनेकथरी कुरा गरिरहेको भन्दै सन्चार मन्त्रालयको हवाला दिएर आफ्नो प्रसारणमा अवरोध जनाएको उल्लेख छ । द वायरले सरकारको उक्त कदमविरुद्ध सबै कानूनी प्रक्रिया अपनाइने भन्दै सबैको सहयोगको याचना गरेको छ ।

भारतका भेट्रान पत्रकारहरू सिद्धार्थ बर्धराजन, सिद्धार्थ भाटिया, एमके बेणु, सीमा चिश्तिलगायतको पहलमा स्वतन्त्र पत्रकारिता गर्न भनेर यो मिडिया हाउस स्थापना भएको थियो । भारतमा पछिल्लो समय स्वतन्त्र प्रेस मर्दै गएको र गोदी मिडियाको बोलवाला भएको आरोप छ । द वायरलाई वाम विचारको नजिक मान्ने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार