मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |
मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |


चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह

Nagarik Sewa 4874+ समाचार ( )
७ अशोज २०८३, बुधवार

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन् । चाडपर्वका बेला अस्वस्थकर खानपान, खाद्यवस्तुमा हुने मिसावट र मासुको असुरक्षित भण्डारणका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै उनीहरूले उपभोक्ता सचेतना बढाउनुपर्नेमा जोड दिएका हुन् ।वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले ललितपुरमा आयोजित बहुसरोकारवाला पोषण संवादमा सहभागीहरूले बाढी प्रभावित क्षेत्रसहित सबै ठाउँमा सुरक्षित र पोषणयुक्त खानपानलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापाले बजारमा उपभोक्ताले मीठो मानेर खाने कतिपय खाद्यवस्तु नै स्वास्थ्यका लागि घातक हुन सक्ने भएले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।  खाद्यवस्तुमा मिसावट तथा गुणस्तरमा सम्झौता हुने गरेको उल्लेख गर्दै उहाँले कृत्रिम चामल, डेरीजन्य पदार्थ, नौनी घिउ र महलगायतमा उपभोक्ता ठगिने गरेको घटना सुनाउनुभयो । खाद्यवस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरेको भन्दै सम्भव भएसम्म घरमै तयार गरिएका खानेकुराको प्रयोग गर्न पनि उहाँको सुझाव छ । 

नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. हेमराज अवस्थीले चाडपर्वका बेला मासुको उपभोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।  मासुलाई उचित तापक्रममा भण्डारण नगर्दा विषाक्तता तथा विभिन्न रोगको जोखिम बढ्न सक्ने भन्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्नेमा उहाँको जोड थियो । डा अवस्थीका अनुसार मासुलाई चिलिङ वा फ्रिजिङ गरेर सुरक्षित राख्न सकिन्छ । लामो समयसम्म मासु भण्डारण गर्दा उचित तापक्रम कायम गर्नुपर्ने हुन्छ । विद्युत् आपूर्तिमा समस्या हुँदा फ्रिजमा राखिएको मासुको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले भण्डारण प्रणालीमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।  डा. अवस्थीले पशुबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्ने रोगको जोखिमसमेत रहने भएकाले मासुको उत्पादन, बध, बिक्री, ढुवानी र भण्डारणका हरेक चरणमा स्वच्छता कायम गर्नुपर्ने धारणा राख्नुभयो । 

बस्तीभन्दा टाढा व्यवस्थित बधशाला निर्माण गरी चिलिङ भ्यानमार्फत मासु ढुवानी गर्ने व्यवस्था गर्न सके सुरक्षित मासु आपूर्तिमा सहयोग पुग्ने उहाँको भनाइ छ ।  मासु पकाउनुअघि धुने वा नधुने भन्ने सहभागीहरूको जिज्ञासामा डा. अवस्थीले सफा चिसो पानीमा राम्ररी धोएर पकाउनु उपयुक्त हुने सुझाव दिनुभयो भने मासु धोइसकेपछि त्यसबाट निस्किएको पानी अन्य खानेकुरामा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । 

गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापरजस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा एनर्जी ड्रिङ्कको प्रयोग बढ्दै गएको प्यूठान नगरपालिकाका उपमेयर देवन्द्र बर्माले बताउनुभयो । पोषणयुक्त खानपानका बारेमा सूचना तथा जानकारी फैलाउन सामुदायिक सूचना नेटवर्क सीआईएले प्रभावकारी भूमिका खेल्न सक्नेमा जोड दिँदै उपप्रमुख बर्माले अनुगमन, नियमन र कारबाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने काम भइरहेको दाबी गर्नुभयो । 

कार्यक्रममा सहभागी धार्मिक अगुवा केशव चौलागाईँले चाडपर्वका बेला मासु तथा अन्य खानेकुरा कति समयसम्म सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्नुभयो ।  त्यसक्रममा मासुलाई सुरक्षित तापक्रममा चिलिङ वा फ्रिजिङ गरेर राख्नुपर्ने र विद्युत् आपूर्तिमा समस्या हुने ठाउँमा लामो समयसम्म भण्डारण गर्दा थप सावधानी अपनाउनुपर्ने डा अवस्थीको जवाफ थियो । 

पत्रकार कुन्दन राज आचार्यले मासु काट्ने, पकाउने र भण्डारण गर्ने प्रक्रियामा मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।  चाडपर्वमा गाउँघरमा परम्परागत रूपमा नुन, तेललगायत प्रयोग गरेर मासु लामो समयसम्म राख्ने चलन भए पनि बदलिँदो वातावरणीय अवस्थाका कारण त्यस्ता परम्परागत विधि सबै अवस्थामा प्रभावकारी नहुन सक्ने उहाँको भनाइ थियो । पत्रकार अच्युत सुवेदीले पनि चाडपर्वमा प्रचलित कतिपय परम्परागत अभ्यासलाई स्वास्थ्य र सुरक्षाको दृष्टिले परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।  पशु बध गर्दा मानवीय र स्वच्छ विधि अपनाउनुपर्ने तथा मासुमा सरसफाइ कायम गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न धार्मिक अगुवाले खानपानसँग जोडिएका धार्मिक तथा सांस्कृतिक अभ्यासबारे पनि धारणा राखेका थिए । 

ललितपुरमा रहेको नोबेल कलेजमा अध्ययनरत विद्यार्थी चन्दन साहले गाउँघरमा खान नजानेर कुपोषण हुने अवस्था देखिए पनि सहरमा भने जानकारी हुँदाहुँदै पनि जनचेतनाको अभावमा अस्वस्थकर खानपान हुने गरेको बताउनुभयो ।   चाडपर्वका बेला खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा ध्यान दिनुपर्ने उहाँको भनाइ  थियो ।

विद्यार्थी आसंसा ढकालले विद्यालयमा बनिबनाउ खाने कुरा अर्थात जङ्कफुडको प्रयोगले नकारात्मक असर पारिरहेको बताउनुभयो । चाडपर्वका बेला जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पार्न सक्ने भएकाले विद्यार्थी र अभिभावक दुवै सचेत हुनुपर्ने नोबेल कलेजमै अध्ययनरत ममता अधिकारीले धारणा राख्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार