काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलन ओरालो लागेको बताएका छन् । ७७औंँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा पुगेको छ । सिंगो देशको राजनीति जसरी अन्योलताको माझबाट अगाडि बढिरहेको छ, यो सबै कुराबारे कम्युनिस्ट पार्टीले समीक्षा गर्नुपर्ने आवश्यक छ ।”
हेर्दाहेर्दै कम्युनिस्ट आन्दोलन ओरालो लागेको उनको बुझाइ छ । निर्वाचनको परिणामले नराम्रो धक्का खानु परेको भन्दै उनले कमजोरीबारे खुलस्त छलफल गर्नुपर्ने बताए ।