१४.५३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4210+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं। हिजो सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १४.५३ अंकले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको छ ।

आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८७ करोडको कारोबार भएकोमा ३ सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार