थाइल्याण्डसँग नेपाल ७८ रनले पराजित

Nagarik Sewa 4298+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो ।

नेपालकी कविता कुँवरले २४, राजमति ऐरीले २० र रुविना क्षेत्रीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। थाइल्यान्डकी ओन्निचा कामचोम्फुले चार, थिपाचा पुथावोङले तीन तथा सुलेपोर्न लाओमीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो। नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै