तोलामा ३ हजार ६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4298+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ७ हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ हजार ६ सय रूपैयाँ घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारर सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार