काठमाडौं। गृहमन्त्री सुधन गुरुङले बुधवार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण गर्नुभएको छ। परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले सामूहिक भावनाको साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘समस्या परे म छु ।’
प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने उद्घोष गर्दै मन्त्री गुरुङले काठमाडौंमा हुनसक्ने सम्भावित प्रदर्शनमा भिड व्यवस्थापन गर्दा मानव अधिकारको ख्याल गर्न गर्न उहाँले निर्देशन गर्नुभएको छ। उहाँको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘भिड नियन्त्रणमा एकदमै ध्यान दिनुहोला ।’