नेताहरुकै कारण देश बिग्रिएको नेता भुसालको दाबी

Nagarik Sewa 4281+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूकै ठूला प्रयत्नका कारण देश बिग्रिएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको बताए ।

सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको नेता भूसालको भनाइ छ ।

‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्‍यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरूको धेरै ठूला प्रयत्नले यो देश बिग्रिएको हो,’ भूसालले भनेका छन् ।

साथै, उनले मुलुकको मसस्या बुझेर तदअनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरू समाजमा जन्मिरहने उनको टिप्पणी छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार