गोरखाका केही स्थानमा एक महिनाअघि नै टीका–जमरा लगाएर दशैं पर्व मनाइयो

Nagarik Sewa 4190+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

गोरखा। गोरखाका सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाका केही स्थानमा एक महिनाअघि नै टीका–जमरा लगाएर दशैं पर्व मनाइएको छ । यसको अगुवाइ  ‘पर्व समय सुधार राष्ट्रिय समाज’ले गर्दै आएको छ। समाजले पर्व समय सुधार भन्दै एक महिनाअघि नै दशैं पर्व मनाएको बताएको छ। 

समाजले यही भदौ ८ गते घटस्थापना भन्दै सिरानचोक गाउँपालिकाको श्रीनाथमण्डली देवीथानमा जमरा राखेको थियो। भदौ १४ गते फुलपाती र १५ गते बलिसहितको अष्टमी पूजा गरिएको समाज गोरखाकी अध्यक्ष तुलसा मरहट्टाले बताइन्। मंगलबार तिनै पालिकाका केही विद्यालयहरुमा टीका जमरा लगाएर दशैँ मनाइएको उनले बताइन् ।

२४ घण्टाको एक दिन भनिए पनि ३.२७ सेकेन्ड अपुग हुने र दिनहुँ यसरी समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैं एक महिना अगाडि सरेको समाजको दाबी छ । केही वर्षदेखि गोरखाका केही स्थानमा समाजले यसरी नै दशै मनाउँदै आएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने यो वर्षको विजया दशमी ९टीका० को मिति असोज १६ गते तोकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार