काठमाडौं । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो ।
इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभएपनि केही कुराहरुम केही कमजोरी भएको छ की भन्ने महशुस भएको बताउनुभयो । यो आफ्नो पहिलो कृति भएको बताउनुभयो । उहाँले यसमा कुनै विवाद हुन्छ की भन्ने महशुस गरेपनि कथा पढिसकेपछि त्यसले शिर्षकको महत्व बुझिने बताउनुभयो ।
‘मुना मदनको डिभोर्स पार्टी’ पढ्दै गर्दा लेखकको शब्दसँग नभएर व्यक्तिको व्यवहारसँग हाम्रो आपत्ति हुनुपर्ने आभास भएको लेखक तथा समालोचक डा. गीता त्रिपाठीले बताउनुभयो ।
मुना मदनको डिभोर्स पार्टी’ मा रहेका सबै जसो कथाले हाम्रो समाजमा विध्यमान समस्या र बिकृति खुल्ला अर्थतन्त्र र बजारीकरण निम्त्याएको र त्यससँग कसरी जुध्ने भन्ने विषयको उठान गरेको विश्लेषकहरुको भनाई छ ।