काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने षड्यन्त्र गरिरहेको बताउनुभएको छ । उहाँले नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’
उहाँले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिनुभयो। उहाँले भननुभयो, ‘अब तपाईँहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईँहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नुहुनेमा म विश्वास व्यक्त गर्छु।’