नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

Nagarik Sewa 4281+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवक सृजन पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । उनी बैशाख १० गते नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार