लुम्बिनी प्रदेश प्रमुख घर्तीद्वारा सातौं हिउँदे अधिवेशन आह्वान

Nagarik Sewa 3610+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आगामी मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयका आधारमा  प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गर्नुभएको हो। 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुँवरले जानकारी दिए। 

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार