काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।
आइतवार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।