जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Nagarik Sewa 2094+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिका ५ कालीमाटीबाट बुधबार राति वडानम्बर–३ कटकेतर्फ गइरहेको ग३च ९४४५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार