मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

Nagarik Sewa 4873+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

कैलाली । कैलालीको वन निर्देशनालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार (चैत २) पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका आधारमा पक्राउ गरिएको बताए ।

उनका अनुसार, भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै