काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। बिहीबार बिहान उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा(अर्चना गर्दै दर्शन गर्नुभएको हो।
दर्शनसँगै उहाँले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गर्नुभएको छ। आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उहाँ मन्दिर पुगेको बताइएको छ। यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ। हनुमान जयन्ती हिन्दू धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ ।
विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतिकका रूपमा हनुमानलाई पुज्ने गरिन्छ। देशभरका मन्दिरहरूमा पूजा(अर्चना, भजनकीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ। आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो।