७.३७ अंकले घट्यो नेप्से

Nagarik Sewa 4210+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं। बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सोल्टी होटल ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँ र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै  ९.१० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार